Karnali Media
२०८३ जेठ २६ , मंगलबार

मन्त्री बन्दै महावीर पुन, आजै शपथ !



स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुनलाई सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने भएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने भएको छ ।

पुनसँगै सुधन गुरुङलाई पनि गृहमन्त्रीका रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गुरुङमाथि सम्पत्तिबारे प्रश्न उठेपछि उनले बैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।


गुरुङलाई पुनः गृहमन्त्रीमा फर्काउने तयारी छ । गुरुङ र पुनको शपथका लागि प्रधानमन्त्री कार्यालयले तयारी गर्नु भनी जानकारी पठाएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार