Karnali Media
२०८३ भदौ २७ , शनिबार

‘विश्वकपमा मेरो फेवरेट देशले खेलेकै छैन’-प्रधानमन्त्री शाह



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वकपमा आफ्नो ‘फेभरेट’ टोली नरहेको बताएका हुन्।

‘धेरै जना साथीभाइले सोध्नु भो, तपाईँको फेभरेट देश कुन वर्ल्डकपमा ?,’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’


विश्वकपको चर्चा चलिरहँदा आफूलाई धेरै शुभेच्छुक तथा साथीभाइले फेभरेट टोलीका बारेमा प्रश्न सोधेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्।

प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार