Karnali Media
२०८३ भदौ २८ , आइतबार

आफूलाई ‘पाथीभरा माता’ बताउँदै दुर्व्यवहार गर्ने युवक प्रहरी नियन्त्रणमा



सुर्खेत प्रहरीले आफूलाई ‘पाथीभरा माता’ भन्दै धर्मका नाममा दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज साँझ करिब ८ बजे वीरेन्द्रनगर नगरपालिका–३, एरिचोक निवासी अन्दाजी २३/२४ वर्षीय समिर थापाले धर्मका नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसहरूमाथि दुर्व्यवहार गरिरहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।


उक्त विषयमा स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा ९ जनाको प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार