नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जानकारी दिएको हो ।
एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।
प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार








