Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामाको घोषणा  गरेका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन्। बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो।


समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३०औँ दिनमा राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार