काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
आज बिहानै प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार









