कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका छन्। तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका हुन्।
मन्त्री नियुक्तिसँगै कर्णाली प्रदेश सरकारका सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ। यसअघि केही मन्त्रालय मन्त्रीविहीन रहेका कारण सरकारको पूर्णताका विषयमा छलफल हुँदै आएको थियो ।
प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार









