Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

भोटेकोसीमाथि चीनमा बनेको ताल फुट्यो, सतर्कता अपनाउन आग्रह



रसुवामाथि चीनको बिकट भूमिमा बनेको ताल फुटेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको खबर आएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले ताल फुटेको जानकारी दिए।

‘२० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको छ,’ उनले नेपालखबरसँग भने। ताल बनेको क्षेत्र रसुवागढीबाट १८ किलोमिटर माथि पर्छ।


जिल्ला प्रशासन कार्यालय रसुवाले पनि ताल फुटेको जानकारी गराएको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।

यही भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरिरहेको अवस्थामा फेरि ताल फुटेको सूचना आएको हो।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार