Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

त्रिशूली-३‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, गृहमन्त्री गुरुङले भने-‘उद्धारमा आशा कायमै छ’



काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भएपछि गृहमन्त्री सुधन गुरुङले खोज तथा उद्धार कार्यप्रति आशावादी बन्ने आधार अझै कायम रहेको बताएका छन्।

गृहमन्त्री गुरुङले विपद्को कठिन परिस्थितिमा निरन्तर उद्धार कार्यमा संलग्न नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति आभार व्यक्त गरेका छन्।

 


उनले उद्धारका क्रममा देखिएको निरन्तर प्रयास र समन्वयको प्रशंसा गर्दै माननीय सागर ढकाल र श्रीराम न्यौपानेको योगदानको समेत उच्च मूल्यांकन गरेको बताएका छन्।

गुरुङका अनुसार सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि सम्बन्धित टोलीहरू अझै पनि विभिन्न सुरुङमा परिचालित छन्। दुई जनाको जीवित उद्धारले बाँकी व्यक्तिको खोजीमा समेत सम्भावनालाई निरन्तरता दिएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार