सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त चार पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन्।
नवनियुक्त चारै पदाधिकारीले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ ग्रहणसँगै उनीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन्।
प्रतिष्ठानको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र संस्थागत व्यवस्थापन प्रभावकारी बनाउन पदाधिकारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले नागरिकले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिइन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला । तस्बिर : जगत सापकोटा







