Karnali Media
२०८३ भदौ २७ , शनिबार

दैलेखमा चुनाव अवधिभर मदिरा सेवन तथा बिक्री वितरणमा रोक



दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले निर्वाचन अवधिभर मादक पदार्थ सेवन तथा बिक्रि बितरणमा प्रतिबन्ध लगाएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले यही बैशाख २७ गते राति १२ बजेदेखि निर्बाचनको अन्तिम परिमाण घोषणा नभएसम्म निर्बाचन सुरक्षा (व्यावस्थापन), २०७८ को दफा ६ (थ) बमोजिम मादक पदार्थ सेवन तथा बिक्रि बितरणमा तथा सेवन गराउन पूर्ण निषेध गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार