सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो ।
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।
संवाददाता । बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित