Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेखको नौमुलेमा माओवादी र समाजवादी मिलेर कांग्रेस, एमालेलाई हराए



दैलेख । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेका अनुसार सुवेदीले ३ हजार २ सय मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरेका छन्।

यस्तै एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत पाएका छन्।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अमृता सिंहले २४०५ भोट पाएकी छन्। उपाध्यक्षमा एमालेकी गिता चन्दले १९१८ मत पाएकी छन्।


प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार