सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा निलकण्ठ खनाल निर्वाचित भएका छन्।
मोहनमाया ढकालले १६ हजार ३८ मत ल्याएकी छन् भने नेपाली काँग्रेसबाट गठबन्धनका मेयर पदका साझा उम्मेदवार उपेन्द्र खड्काले १५ हजार ४८४ मत ल्याएका छन्। यस्तै राप्रपाबाट मेयर उठेका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याएर तेस्रो भएका छन्।
यस्तै, उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन्। राप्रपाका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ३ हजार ९६७ मत ल्याएकी छन्।
संवाददाता । बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित