सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रमुख समस्या फोहोरमैलाको व्यवस्थापन हुन नसक्नु हो । अधिकांश जनप्रतिनिधिको प्रमुख चुनाबी एजेण्डाको रुपमा फोहोरमैला व्यवस्थापन थियो तर वीरेन्द्रनगरको प्रमुख बजार क्षेत्र वीरेन्द्रचोक विगत केही दिन देखि अति दुर्गन्धित बनेको छ ।
वीरेन्द्रचोक नजिकै रहेको फोहोर फाल्ने कन्टेनर अत्यन्तै दुर्गन्धित छ , जसमा मरेको जनावर (सिनो) जस्तै दुर्गन्ध आउदा समेत वीरेन्द्रनगर नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।
जनप्रतिनिधिको प्रमुख एजेण्डा फोहोरमैला व्यवस्थापन भएपनि वीरेन्द्रनगरको प्रमुख बजार क्षेत्रमा यसको व्यवस्थापन हुन नसक्दा स्थानीय मर्कामा परेका छन । साना घुम्ती पसल गरेर जिबिकोपार्जन गर्ने स्थानियहरुले पनि यसबाट समस्या खेप्नुपरेको बताउछन् । उनिहरु भन्छन “आफुले थापेर बसेको पसल नजिक फोहोरको थुप्रीदा तरकारी, फलफुल जस्ता सामानहरु बिक्री हुदैन ।” वीरेन्द्रनगरमा फोहोरमैलाको व्यवस्थापन हुन नसक्दा वीरेन्द्रनगरको शोभा झनझन कुरुप बन्दै गएको छ ।
समयमै फोहोर उठाउने गाडी नआउने, सडकमा भएको फोहोरको व्यवस्थापनमा कसैको ध्यान जान नसक्दा वीरेन्द्रनगरका सडक तथा चौकहरु दुर्गन्धित बन्दै गईरहेका छन् । मानिसको बढी चाप हुने चौकगरुमा फोहोर जम्मा गर्न राखिएका कन्टेनरहरुमा महिनौ फोहोर थुप्रन्छ र दुर्गन्ध फैलन्छ । यसको समाधानका लागि वीरेन्द्रनगर नगरपालिका र वडाबाट धेरै प्रयास भएपनी यो समस्याबाट स्थानीयले अझै मुक्ती पाएका छैनन ।
किरण रेग्मी । आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित