काठमाडौं । सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् ।
उनले पुर्नस्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन् । उनले भनिन्, ‘आगामी दुई वर्ष भित्रमा भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ ।’
उनले थप भनिन्, ‘पुर्नस्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तिनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ ।’
त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने बताइन् । उनले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताइन् ।
संवाददाता । मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित