काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार९आज० सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।
सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रूपमा लागू गर्न सकेको छैन ।
यस्तै सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रूपमा ठुलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो ।
संवाददाता । मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित