सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यसै वर्ष भित्रमा सञ्चालनमा ल्याउने बताएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने बताएकी छन्।
संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि किसानलाई उखु क्रसिङ भएकै वर्ष पैसा दिने नीति लिएको बताएकी हुन्।
गत वर्ष उखु किसान उद्योगी तथा सरकारबाट उखुको पैसा नपाएको भन्दै काठमाडौं माइतीघरमा आन्दोलन गर्न आएका थिए । राष्ट्रिय योजना आयोगको सिफारिसमा परेका आयोजनाहरूले मात्र बजेट पाउने भएका छन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
मन्त्रालयहरूबाट समयमै निर्माण सम्पन्न हुन नसक्ने र राजनीतिक स्वार्थका आधारमा नयाँ आयोजनाहरू पनि बजेटमा सिफारिस गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्न यसपटकबाट आयोगको सिफारिसमा मात्रै बजेट विनियोजन गर्न लागिएको हो।
हेर्नुहोस् पुर्णपाठ
नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित