दैलेख । कालिकोटबाट सुर्खेत आउदै गरेको बस दैलेखमा बुधबार राति दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्, । बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, जेठ ११, २०७९ मा प्रकाशित