दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले जानकारी दिए ।
बसमा ६२ यात्रु सवार हुनसक्ने अनुमान गरिएको छ, तीमध्ये ३९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
संवाददाता । बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित