Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन विजयी



काठमाडौं काठमाडौं महानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन ।लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएर जित हात पारेका छन्।


शाहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन

प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार