सुर्खेत । सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा भेटिएकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् ।
उनकी आमाको पहिले नै निधन भैइसकेको र बुबा काठमाडौंमा रहेका छन, उनी हजुरआमा सङ्ग बस्दै आएकी थिईन । आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरेका थिए । सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपती बिमल डाङ्गीले शव घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार बिहान फेला परेको जानकारी दिएका छन । यस्तै बालिकाको मृत्युको कारण नखुलेपनि संलग्न भएको आशंकामा २० वर्षीय एक युवकलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको र शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल सुर्खेत ल्याईएको छ ।
संवाददाता । मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित