सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत तहको रुपमा विकास गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जाने बाध्यतालाई क्रमशः घटाउदै लैजाने नीति लिइएको बताए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले, प्रदेश आयुवेद्धिक औषधालयलाई खोज अन्वेषण केन्द्रका रुपमा विकास गरिने बताए ।
साथै, उनले स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पहल गरिने बताए । सामुदायिक स्वास्थ्य सेवा, टेलिमेडिसिन लगायतका सेवा सुचारु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्सोहान गरिने जानकारी दिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, जेठ २५, २०७९ मा प्रकाशित