सुर्खेत । सुर्खेतमा विपद् तथा उद्दारका बारेमा कृत्रिम घटना अभ्यास गरिएको छ । भुकम्प आगलागि र डुबानजस्ता ठुला बिपद्हरु भैरहेको बेला कसरी सुरक्षित रहने साथै बिपदमा परेका नागरिकको उद्दार कसरी गर्ने ? यसैका लागि आज लेकबेसी नगरपालिका वडा न १० मा कृत्रिमम घटना अभ्यास गरिएको छ ।
आगलागी भुकम्प र डुबान हुदा स्थानियहरुले कसरी उद्दार र सुरक्षित रहन सक्छन भनेर अभ्यास गरिएको हो ।
यसले वडालाई बिपदमा सामना गर्ने क्षमता बिकास गर्ने लेकबेसी नगरपालिका वडान १० का वडाअध्यक्ष प्रशुराम भण्डारीले बताए ।
उक्त कार्यक्रममा विपद्को बेला आपतकालीन खोज तथा उद्दार तालिम प्राप्त स्थानिय युवाहरुलाई नै परिचालन गरेर गरिएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ, एफएससिएन, अकोराब, आयोनको साझेदारिमा संचालित प्रयास परियोजना, रेडक्रस, लेकबेशी वडा न १० को सहकार्यमा यो कार्यक्रम गरिएको हो ।
कृत्रिम घटनाबाट भुकम्प र आगलागी र डुबानको अभ्यास गरिएकोले स्थानियलाई बिपद आउदा कसरी उद्दार गर्न सकिन्छ र यसको प्रक्रियाको बारेमा थाहा हुने प्रयास परियोजनाका लागि एफएससिएनका तालिम संयोजक अबिसेक ओझाले बताए ।
यसरी कृत्रिम अभ्यासबाट सबै नागरिकलाई बिपद ब्यबस्थापनबारे सचेतना फैलाउन सकिए यस्ता बिपदबाट समाजलाई सुरक्षित राख्न सकिन्छ ।
संवाददाता । बुधबार, जेठ २५, २०७९ मा प्रकाशित