सुर्खेत । सुर्खेतमा विपद् तथा उद्दारका बारेमा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ । भुकम्प आगलागि र डुबानजस्ता ठुला बिपदहरु भैरहेको बेला कसरी सुरक्षित रहने साथै बिपदमा परेका नागरिकको उद्दार कसरी गर्ने ? यसैका लागि आज वीरेन्द्रनगर नगरपालिका सुर्खेतको बुलबुलेमा कृत्रिमम घटना अभ्यास गरिएको छ ।
आगलागी भुकम्प र डुबान हुदा स्थानियहरुले कसरी उद्दार र सुरक्षित रहन सक्छन भनेर अभ्यास गरिएको हो ।
यसले वडालाई बिपदमा सामना गर्ने क्षमता बिकास गर्ने वीरेन्द्रनगर नगरपालिका वडान १० का वडा अध्यक्ष दिल बहादुर रोकाले बताउनुभयो यस्तै वडा नं ९ का नवनिर्वाचित वडा अध्यक्ष रिषि गिरिले यस्ता बिपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्न वडा सधै तयार भएको बताउनुभयो । उक्त कार्यक्रममा विपद्को बेला आपतकालीन खोज तथा उद्दार तालिम प्राप्त स्थानिय युवाहरुलाई नै परिचालन गरेर गरिएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ, एफएससिएन, अकोराब, आयोनको साझेदारिमा संचालित प्रयास परियोजना, रेडक्रस, वीरेन्द्रनगर वडा न ९ र १० को सहकार्यमा यो कार्यक्रम गरिएको थियो ।
कृत्रिम घटनाबाट भुकम्प र आगलागी र डुबानको अभ्यास गरिएकोले स्थानियलाई बिपद आउदा कसरी उद्दार गर्न सकिन्छ र यसको प्रक्रियाको बारेमा थाहा हुने प्रयास परियोजनाका लागि एफएससिएनका तालिम संयोजक अबिसेक ओझाले बताउनुभयो ।
कृत्रिम घटना अभ्यासले समाजमा आईपर्ने विभिन्न आपतकालीन बिपद्हरुमा उद्दार गर्न स्थानीय युवाहरू क्षमता अभिबृद्दी गर्ने र यसले बिपद्को क्षती कम गर्ने नेपाल रेडक्रस सोसाइटीका सिम्बुलेटेर सरोज अधिकारीले बताउनुभयो ।
यसरी कृत्रिम अभ्यासबाट सबै नागरिकलाई बिपद ब्यबस्थापनबारे सचेतना फैलाउन सकिए यस्ता बिपदबाट समाजलाई सुरक्षित राख्न सकिन्छ ।
जगत सापकोटा । शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित