लुम्बिनी । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले श्रीमान दावी गर्दै माओवादी नेता एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि अहिले प्रहरीले पक्राउ गरेको छ । वलीलाई बस्नेतकै घरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा राखिएको हो ।
एकराजकी पत्नी मीना भण्डारी बस्नेतका अनुसार विमलाले उहाँको घरमा आएर एकराज आफ्नो श्रीमान नै भएको भन्दै कुटपिट गरेकी हुन् ।
वलीले आफू र आफ्नी ६ वर्षकी छोरीलाई कुटपिट गरेको मिनाले बताएकी छन् ।
बिमलाको कुटपिटबाट छोरी निकै आतंकित बनेकी छन । उनको यो अनुहारले नै बिमलाको ताण्डवलाई झल्काउँछ ।’मेरो पोई खोइ ? भन्दै मलाई झापु हानी, छोरीलाई पनि कुटी,’ मिनाले प्रहरी समक्ष भनेकी छन् ।
यो पनि
लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
संवाददाता । मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित