कालीकाेट । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर ज्यान गएको छ ।
पुन्नकलीलाई सुत्केरी ब्यथाले च्यापेपछि हिजो साेमवार आफन्तले जिल्ला अस्पताल कालीकोट ल्याएका थिए । पाठेघरमा साल च्यातिएर रगत जमेको र बच्चासमेत उल्टो बसेकाले बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले बताए ।
संवाददाता । मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित