असार १, सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराए । स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न ५१ करोड ४५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने छ भने राकममा ट्रमा सेन्टरको स्थापना गरिने संघीय सरकारको समन्वयमा स्थापना गरिने छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, असार ०१, २०७९ मा प्रकाशित