४ असार, सुर्खेत – वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीको उचित व्यवस्थापन नहुदा नेपालीहरु कमजोर भएको बताएका छन ।
आफ्नो ६ ‘ब’ को सिद्धान्तमा पनि व्यवस्थापन राखेको स्मरण गर्दै पुँजीमा लगानी गर्दा हामि अनुशासनमा बस्नुपर्ने बाताए । सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरि जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको बिकास हुनुपर्ने मुख्यमन्त्री शाहीले बताए ।
यस्तै उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको बिकास नभएको उनले बताए ।
प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एसोसियशन अफ नेपालको आयोजनामा भएको हो ।
। शनिबार, असार ०४, २०७९ मा प्रकाशित