Karnali Media
२०८३ असार २ , मंगलबार

सुतेकै ठाउँमा मृत भेटिए वडाअध्यक्ष



४ असार, सुर्खेत – जाजरकोटमा वडा अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । कुसे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

गए राती सुतेका वडा अध्यक्ष शनिबार आज बिहान मृत भेटिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।


घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार