Karnali Media
२०८३ भदौ १० , बुधबार

दैलेख : सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार



७ असार, दैलेख – दैलेख जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सात्तलाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

सात्तला स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट हिजो सोमवार उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।


दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्केपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको थियो । अस्पतालमा अप्रेसन गरी बच्चा निकालिएको र अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए।

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार