Karnali Media
२०८३ साउन १८ , सोमबार

रवि लामिछानेको पार्टी : राष्ट्रिय स्वतन्त्र पार्टी

प्रस्तावित चुनाव चिन्ह घण्टी


७ असार, काठमाडौं – पत्रकारिताको क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी खोलेका  छन्। उनले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।


अहिलेका राजनीतिक दलहरूसँग कुराकानी भए पनि तिनि पार्टीहरुमा आफु समावेश हुन नसकेको उनले बताए । साथै अब

आफू तिनी पार्टीमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए। साथै अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार