११ असार, सुर्खेत । सरकारले शनिबार राति १२ बजे देखि लागू हुने गरी डिजेलको मुल्य प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँले मूल्य घटाएको छ । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
संवाददाता । शनिबार, असार ११, २०७९ मा प्रकाशित