Karnali Media
२०८३ जेठ २६ , मंगलबार

किसानलाई मल,बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा सुर्खेतको मन्त्रालयमा धर्ना



१३ असार, सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले किसान लाई समयमै मल बीउ उपलब्ध गराउन माग गर्दै कर्णाली प्रदेश कृषि मन्त्रालय अगाडी धर्ना सहित विरोध र्याली गरेको छ ।

राप्रपाले देशभरका कृषि कार्यलय ,कृषि निर्देशनालय ,कृषि मन्त्रालयहरुमा बिरोध सभा सहित धर्ना कार्यक्रम गर्ने केन्द्रिय निर्णय अनुसार राप्रपा सुर्खेतले आज सोमबार किसानहरुको समस्या तत्काल समाधान गर्नका लागि सुर्खेतमा रहेको कर्णाली प्रदेश कृषि मन्त्रालय अगाडी धर्ना सहित बिरोध कार्यक्रम गरेको हो।


मंगलगडी चोकबाट सुरु भएको बिरोध र्‍याली बजार परिक्रमा गर्दै कृषि मन्त्रालय पुगेको थियो । र्‍याली मा किसानहरुको समस्या समाधान गर्नुपर्ने , किसानहरुलाई समयमै मल र बिउ उपलब्ध गराइनुपर्ने, महङ्गी तथा कालोबजार नियन्त्रण गर्नुपर्ने , सिचाइ सुबिधा व्यवस्था गर्नुपर्ने ,भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग गर्दै नारा लगाइएको थियो।

किसान हरुको समस्या तत्काल समाधान नभए, आगामी दिन मा सशक्त रुपमा आन्दोलन अगाडि बड्ने र आन्दोलन बाट हुने सम्पुर्ण क्षति को जिम्मेवार सरकार आफैले भोक्नु पर्ने राप्रपा निकट प्रेम बिसी ले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमबार