१४ असार, सुर्खेत – सुर्खेतमा ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका १० तोलिखोलामा ईनार सफा गर्ने क्रममा सोहि नगरपालिका – ४ ताउले बस्ने ३० बर्षिया याम बहादुर दमाईको ईनारमा डुबेर मृत्यु भएको हो ।
आज मंगलवार बिहान ८ बजे ईनारमा डुबेका दमाईको ११ बजे मृत अबस्थामा ईनारबाट सुरक्षा बेस क्याम्प चिप्लेका सशस्त्र प्रहरी निरीक्षक कमल थानी लगायत सेना र प्रहरीको सयुक्त टोलिले उद्दार गरेको रक्तकाली गण सुर्खेतका एसपी बिमल डाङ्गिले बताए ।
संवाददाता । मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित