१४ असार, सुर्खेत – कर्णाली प्रदेशमा भोलि असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद्को गत चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित