Karnali Media
२०८३ जेठ २६ , मंगलबार

आज दिउँसो पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना



१६ असार, काठमाण्डाै – कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

वाग्मती, गण्डकी, प्रदेश-१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।


उनका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाण्डौमा भने झरी रोकिएको छ । तर, दिउँसो फेरि पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिए । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उनको भनाइ छ ।

बेलुकीपख भने ठूलो पानी नपर्ने बताउदै मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको मौसमविद्को भनाई छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार