Karnali Media
२०८३ जेठ २६ , मंगलबार

मप विश्वविद्यालयले प्रयोग गर्दै आएको गाडीले ठक्कर दिदा २ जना घाईते



असार १७- सुर्खेत । मध्य्पश्चिम विश्वविद्यालयले प्रयोग गर्दै आएको गाडीले सुर्खेत भेरिगंगा २ पाँडुलेमा ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन्

शुक्रबार दिउँसो १२:४५ को समयमा रत्नराजमार्ग अन्तरगत छिन्चु देखि वीरेन्द्रनगर तर्फ आउदै गरेको बा ११ प ९३९३ नम्बरको गाडीले विपरीत दिशाबाट आउदै गरेको भे १० प ६६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार घाइतेहरुको छिन्चु अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रदेश अस्पतालमा ल्याएर उपचार भैरहेको छ ।
घाइते हुनेमा वर्ष २४ का किरण वि. सि र वर्ष २५ का मछिन्द्र मल्ल रहेका छन् ।


गाडी चालक फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार