Karnali Media
२०८३ जेठ २६ , मंगलबार

अनेरास्ववियू क्रान्तिकारी मध्यपश्चिम विश्वबिध्यालयको दोश्रो राष्ट्रिय सम्मेलन २४ र २५ गते



१९ असार, सुर्खेत । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मध्यपश्चिम विश्वबिध्यालयको दोश्रो राष्ट्रिय सम्मेलन असार २४ र २५ गते हुने भएको छ । अनेरास्ववियू (क्रान्तिकारी)को शनिवार बसेको बैठकले आगामी शुक्रबार र शनिवार गर्ने निर्णय गरेको हो ।

शनिवार बसेको बैठकले विभिन्न विभागहरू समेत गठन गरेको छ । यो राष्ट्रिय सम्मेलनले अनेरास्ववियू (क्रान्तिकारी)लाई नयाँ नेतृत्व दिनुका साथै नयाँ शिक्षा नीति, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा,शैक्षिक रुपान्तरण र समाजवादी शिक्षा प्राप्तिका लागि विकसित गर्ने योजना समेत बनाउने छ ।


सुर्खेतको मध्यपश्चिम विश्वबिध्यालयमा आयोजना गरिने सम्मेलनको उद्घाटन अखिल (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पन्चा सिंहले गर्ने तथा उक्त सम्मेलनमा बन्द सत्र गर्ने तयारी समेत रहेको रहेको अखिल क्रान्तिकारी केन्द्रिय समिती सदस्य तथा अखिल क्रान्तिकारी मध्यपश्चिम बिश्वबिधालय सह-संयोजक ममता अधिकारीले बताईन ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार