Karnali Media
२०८३ असार ३० , मंगलबार

दैलेखका १८ युवालाई नमुना युवा संसद तालीम



२० असार, दैलेख । ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजना तथा राष्ट्रिय युवा परिषद्, दैलेख को समन्वयमा नमुना युवा संसद अभ्यास प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । असार १८ गते नमुना युवा संसद अभ्यास तथा असार १९ गते प्रस्तुति कार्यक्रम सहित २ दिने कार्यक्रम समापन भएको हो ।

नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि ठाटिकाँधमा २ दिने आवसिय नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन भएको हो ।

युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यो कार्यक्रम सञ्चालन भएको थियो ।


यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका ६ वटा वडाहरू बाट १८ जनाले सहभागिता जनाएका थिए । जसमा नमुना युवा संसद प्रशिक्षक धिरेन्द्र सापकोटाले प्रशिक्षण दिएका थिए ।कार्यक्रम गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही, गाउँ शिक्षा युवा तथा खेलकुद शाख प्रमुख नेत्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद उपाध्यक्ष, राष्ट्रिय युवा परिषद् दैलेख जिल्ला अध्यक्ष हिक्मत बहादुर शाही लगायत कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, सम्पुर्ण शाखा का प्रमुखहरू तथा विभिन्न युवा, बुद्धिजीवी हरूको उपस्थित रहेको थियोे । कार्यक्रम मन्तव्य दिदै उनि हरू ले यश कार्यक्रमले सहभागीहरुलाई नेपालका तिनै तहका सरकारहरू द्वारा कानुन निर्णमाण प्रक्रियाको क्रममा आउने ज्ञान तथा नेतृत्व तथा वाककला को विकास हुने बताएका छन् ।अभ्यास अन्तर्गत सहभागिहरुले पालिकाका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यसको समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।

सहभागिहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस गर्दै पालिका र आयोजक समुहलाई धन्यबाद दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमबार