२० असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफुमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफुमाथि अन्याय गरिएको बताए ।
सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भुमिका छैन । म माथी अन्याय भएकोले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’
आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको देखिन्थ्यो । उक्त भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शाहले भने,‘ त्यस भिडियोमा मलाई कुनै रियाक्शनबिना सुताईएको देखिन्छ । ‘ईमोशन लेस’ ढङ्गले प्रस्तुत भएको छ । तरपनि मेरो नाम, मेरो शरीरमा, मेरा आँखासँग जुँगापनि ठुला–ठुला बनाएर प्रस्तुत गरिएको छ । कुरा उठिसकेपछि मैले स्पष्टिकरण गर्न जरुरी हुन्छ । किनकी हामी समाजप्रति उत्तरदायी छौँ । समाजप्रति बफादार छौँ, हामिले बुझेका छाँै कि समाजमा हामिले गर्ने एउटा सानो असरले त्यसको ठूलो प्रभाब पार्छ ।’
शाहले समाजमा नकारात्मक सन्देशहरु बढी जने र समाज नै एउटा विकृत अवस्थामा जाने भएकाले आफुले कुनैपनि हालतमा त्यस्तो हर्कत नगरेको दाबी गरे ।
उनले भने,‘ मलाई अन्याय पर्यो भनेर न्याय माग्न पत्रकारहरु समक्ष आएको हुँ । उक्त भिडियोमा देखिएको मान्छे म हैन प्रविधिको गलत प्रयोग गरिएको हो । मैले आफु बच्नलाई यस्तो भनेको होईन। म रियालिटीमा रहेर कुरा गर्दै छु ।’
संवाददाता । सोमबार, असार २०, २०७९ मा प्रकाशित