Karnali Media
२०८३ भदौ २९ , सोमबार

बिभिन्न माग राख्दै राप्रपा सुर्खेतद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना



२४ असार,सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले महंगी नियन्त्रण, भ्रष्टाचारीलाई कार्वाही, खानेपानी समस्या समाधान,बिधुत समस्या समाधान, किसान समस्या समस्या, रासायनिक मल अभाव, बेरोजगार लगायतका बिषयमा सरकारको ध्यान आकर्षण गराउन आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगाडी धर्ना दिएको छ ।

राप्रपा सुर्खेतले गत असार १ गते प्रधानमन्त्रीलाई सुर्खेत जिल्ला प्रशासन मार्फत राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । सो माग पूरा नभएको कारण निरन्तर आन्दोलन मा रहेको राप्रपा सुर्खेत का नेता प्रेम बिसी ले जानकारी दिए ।


सो २२ बुदे माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि निरन्तर आन्दोलन मा छ ,अझै पनि जनता का जनजिविका संग सम्बन्धित समस्याहरु समाधान नभए कडा रुपमा आन्दोलन मा उत्रिने बिसी ले जानकारी गराए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार