२९ असार, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।
पालिकामा प्राविधिक शाखाका सव ईन्जिनियर र जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेकका सबै कर्मचारी, पोषण शाखाका कर्मचारी, उद्यम विकास शाखा प्रमुख बाहेक सबै कर्मचारी, हलुका सवारी चालक सबै, ईलेक्ट्रिसियन कर्मचारी, सामुदाियक स्वास्थ्य एकार्य प्याडुली इन्चार्ज र ज्यालादारीमा कार्यरत करार कर्मचारीलाई असार २८ गतेको बैठकको निणर्य अनुसार साउन १ गतेदेखि कामकाज नगर्न सुचना निकालेर जानकारी दिएको छ ।
संवाददाता । बुधबार, असार २९, २०७९ मा प्रकाशित