२९ असार, सुर्खेत। सुर्खेत उद्योग बाणिज्य संघले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गरेको छ ।
आज बुधबार प्रधानमन्त्री निवास बालुवाटार काठमाडौंमा पुगेर बढ्दो आर्थिक संकट, तरलता अभाव तथा चर्को व्याजदर विरुद्ध उद्योग बाणिज्य संग सुर्खेतले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो । साथै सुर्खेतको १३२ के भि प्रसारण लाईन निर्माणमा देखिएका समस्या बारे पनि ध्यानाकर्षण गरेको छ ।
बढ्दो आर्थिक संकट, तरलता अभाव तथा चर्को व्याजदर विरुद्ध विभिन्न चरणमा विरोध कार्यक्रम गर्दै आएको छ । संघले शुरू गरेकाे चरणवद्ध विरोधका कार्यक्रमहरु मध्य चाैथाे चरणकाे कार्यक्रममा आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले बताए ।
पहिलो चरणमा चर्को बैंक व्याजदर विरुद्ध राष्ट्र बैंक शाखा सुर्खेतको ध्यानाकर्षण गरेको थियो । दोस्रो चरणमा राष्ट्र बैंक सुर्खेतमा धर्ना गरेको थियो भने तेस्रो चरणमा सुर्खेत स्थित सम्पुर्ण बाणिज्य बैंकहरु ध्यानाकर्षण पत्र बुझाएको कडेलको भनाई छ ।
अबको केहिबेरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउने तयारी रहेको पनि उनको भनाई छ ।
संवाददाता । बुधबार, असार २९, २०७९ मा प्रकाशित