२९ असार, सुर्खेत । कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कर्णाली प्रदेशको सुरक्षा व्यवस्थालाई सुधार गर्दै लैजाने बताएका छन् ।
बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले प्रदेशको सुरक्षा सुरक्षा व्यवस्थालाई सुधार्दै लैजाने बताएका हुन् । वर्तमान अवस्थामा भएका प्रमुख समस्याहरु पहिचान गरि सबै निकायको समन्वयमा समाधान गर्ने प्रयास रहने छ, उनले भने, ‘ त्यसका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ नै ।’
पत्रकारहरुले विभिन्न नाकाहरुमा हुने समस्या, समाजमा व्यप्त रहेका विभिन्न विकृती, प्रदेश प्रहरीको संरचना, सामाजिक कुप्रथा लगायत प्रहरी र सुरक्षाका समस्याहरुको बारेमा डीआईजी पोखरेललाई जानकारी गराएका थिए । जवाफमा पोखरलले सबै क्षेत्रको समन्वयनमा भइरहेका समस्याहरुलाई समाधान गर्दै जाने बताए । साथै उनले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका संरचनाहरु कर्णालीमा ल्याउन पहल थाल्ने उनले बताए । त्यसका लागि भौतिक पुर्वाधारको प्रक्रियामा सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।
संवाददाता । बुधबार, असार २९, २०७९ मा प्रकाशित