Karnali Media
२०८३ असार १ , सोमबार

मुख्यमन्त्रीले गरे ‘गोरेटो बार’ उद्घाटन



३० असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा एउटा गोरेटो बार रेस्टुरेन्ट तथा लाईभ म्युजिक बारको उद्घाटन गरेका छन्।
बिहीबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सुर्खेतका सह-सचिव समेत रहेका कलाकार हरि बिष्टद्वारा संचालित गोरेटोको मुख्यमन्त्री शाहीले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै शाहीले कर्णालीको समग्र विकासका लागि गोरेटोले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले भने, ‘अहिले पनि कर्णाली आउनेले गुनासो गर्ने गर्दछन् यहाँ राम्रो होटल छैन । आरामदायी स्थान छैन, अब यो गुनासो गोरेटोले कम गर्ने छ ।’

बारको ओपनिङ्ग समारोह बिहिबार, शुक्रबार र शनिबार गरि ३ दिनसम्म चल्नेछ । यो बारमा जुम्बा, टिपिकल डान्स, फुटसल, फेसिएल लगायतका सेवा सुविधा रहेका छन् ।


बारको संचालक राजनितीज्ञ, युवा अभियान्ता, कलाकार तथा खेलाडी हरि बिष्ट र पत्रकार जोति कटुवालकोले सयुक्त संचालनमा ल्याएका हुन ।

गोरेटो कर्णाली प्रदेशका नागरिकको लागि साच्चै गोरेटो बन्ने छ यसले हाम्रो कला, सस्कृती र सम्पदा सङ्गै सबैको सारथि बन्ने संचालक बिष्टले बताए ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार