३१ असार, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारी हटाएको भन्दै भएको बिरोध प्रदर्शनमा हवाई फाएर भएको छ ।
गाउँपालिकाले हिजो बिहीवार करार कर्मचारी हटाउने निर्णय गरेपछि आज बिरोध प्रदर्शन भएको हो ।
करार कर्मचारीहरुले निकालेको बिरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि हवाई फाएर गरेर नियन्त्रणमा लिन खोजेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए ।

उनका अनुसार आन्दोलनमा ७ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन भने अन्य दुइजना आन्दोलनकारीहरु रहेका छन ।
गोली लागेर घाइते नभएको र दोडिने बेला दुइजना आन्दोलनकारी घाइते भएको प्रहरीको भनाई छ ।
घाइतेमध्य दुइजनाको अवस्था गम्भिर भएकाले उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याईएको छ ।
थप विवरण संकलन भइरहेको शाहले बताए ।
संवाददाता । शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित