Karnali Media
२०८३ असार १ , सोमबार

दुल्लुमा पानी ट्यांकीमा डुवेर दुई बालबालिकाको मृत्यु



३ साउन, सुर्खेत । दैलेखको दुल्लुमा सिचाइका लागि जम्मा गरिएको पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।

हिजो सोमबार दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाइको लागि जम्मा गरिएको ट्याङकीमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।


उनले भने ” प्रहरीले मुचुल्का उठाएर पोष्टमाटमको लागि दुल्लु ल्याईएको छ ।’

प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार