३ असार, सुर्खेत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाको बैठक बहिस्कार गरेकाे छ ।अघिल्लो सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले विरोध जनाएकाे हाे ।
सरकार र प्रदेशसभामा हाम्रो दलको कामहरुलाइ पुर्ण रुपमा असहयोग गरेको पाइएको छ भन्दै प्रदेशसभा सदस्य गोपाल शर्माले घाइते अपाङलाई जीवन निर्वाह व्यवस्था , अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाइ पुर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।
माओवादीको भागमा परेको सबै कामहरुमा असहयोग गर्ने र माथीको आदेश भन्दै सचिवालयमा दत्र्ता समेत गर्न अस्वीकार गरेको भन्दै शर्माले हामीले उठाएका कुराह्रु हल नभए सम्मा सदनमा उपस्थित नहुने बताए । सरकार र सदनमा माओवादीलाइ निषेध गर्न खोजिएका कारण आफूहरु सदनमा सहभागी हुन नसक्ने उनले बताए ।
सरकार र सदनमा समेत नियम विपरित भइरहेको भन्दै उनले कांग्रेस एक्लै हिड्न खाजेको आरोप लगाए । माओवादीको सांसदीय दलको कार्यालय समेत नभएको भन्दै के गर्न खोजेको भन्दै सरकारलाई प्रश्न गरे ? आधा घण्टाका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
संवाददाता । मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित