दैलेख, साउन ४ । दैलेखमा समुदाय स्तरमा महिला हिंसा न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको छ ।
आज बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा कार्यालय मातहत प्रहरी चौकी चुप्राले डुङ्गेश्वर गाँउपालिका वडा नं.०२ स्थित लाकुरीमा महिला हिंसा न्युनिकरण सम्बन्धि कार्यक्रम गरिएको हो ।
समुदाय स्तरमा बढ्दो महिला हिंसालाई न्युनिकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए ।
स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, लगायतको उपस्थितिमा समुदाय- प्रहरी साझेदारी
अन्तर्गत सचेतना मुलक कार्यक्रम गरिएको शाहको भनाई छ ।
संवाददाता । बुधबार, साउन ०४, २०७९ मा प्रकाशित